दफा ३६
नियमहरु बनाउने अधिकार
: (१) यो ऐनको उद्देश्य कार्यान्वित गर्न नेपाल सरकारले नियमहरु बनाउन सक्नेछ ।
(२) उपदफा (१) को सर्वसामान्यतामा प्रतिकूल प्रभाव नपर्ने गरी ती नियमहरुमा देहायका सबै वा केही कुराको व्यवस्था गर्न सकिनेछ ।
(क) प्रमुख स्टाण्डर्ड, माध्यमिक स्टाण्डर्ड र कार्यकारी स्टाण्डर्ड जाँच गर्ने कार्यविधि,
(ख) नाप्ने वा तौलने यन्त्र राख्न हुने संख्या त्यसलाई जाँच्ने र त्यसमा टाँचा लगाउने तरीका र त्यस सम्बन्धमा अन्य आवश्यक कुराहरु,(ग) व्यापारिक नाप वा तौल वा नाप्ने वा तौलने यन्त्र बनाउने निर्माताले त्यस्तो नाप तौल वा नाप्ने तौलने यन्त्रमा टाँचा लगाउने किसिम,
(घ) व्यापारिक नाप वा तौल वा नाप्ने यन्त्र वा तौलने यन्त्र बनाउने, मर्मत गर्ने, बिक्री गर्ने वा नाप्ने वा तौलने सेवा प्रदान गर्ने व्यक्तिलाई इजाजतपत्र दिंदा अपनाउनु पर्ने तरिका र इजाजतपत्र पाउने व्यक्तिले पालन गर्नु पर्ने शर्त,
(ङ) नाप वा तौल वा नाप्ने वा तौलने यन्त्र जाँच गर्ने र त्यसमा टाँचा लगाउने अवधि र त्यसलाई रद्दी गर्ने अवस्था,
(च) नाप वा तौल वा नाप्ने वा तौलने यन्त्रको हिसाब किताब अभिलेख राख्ने र देखाउने तरिका,
(छ) व्यापारिक नाप वा तौलको नाप वा तौल र नाप्ने वा तौलने यन्त्रको घटी बढीको हद तोक्ने,
(ज) प्रमुख स्टाण्डर्ड, माध्यमिक स्टाण्डर्ड र कार्यकारी स्टाण्डर्डको नाप र तौलको घटी बढीको हद तोक्ने,
(झ) कुनै व्यापार वा कुनै व्यापारको किसिममा वस्तु बेच्दा मान्यता दिइने घटी बढीको हद तोक्ने,
(ञ) यो ऐन बमोजिम अनधिकृत नाप वा तौल वा नाप्ने वा तौलने यन्त्र जफत गर्ने, रोक्का गर्ने वा छुट दिने,
(ट) कुनै नाप वा तौललाई स्टाण्डर्ड राशि र नापको रुपमा परिणत गर्दा परिमाण व्यक्त गर्ने तरिका अपनाउने।
(ठ) XXXXXX